ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा पुनः वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सप्ताहको अन्त्यतिर सुनचाँदीको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढी हो।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला केही दिनयता सुनको मूल्यमा क्रमिक उतार–चढाव देखिँदै आएको छ।

महासंघका अनुसार हालसम्मको उच्च मूल्य असोज ३१ गते दर्ता भएको थियो, जब सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो।

यससँगै चाँदीको मूल्य पनि उकालो लागेको छ।

अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

असोज ३१ गते नै चाँदीले हालसम्मकै उच्च मूल्य ३३५० रुपैयाँ प्रतितोलामा पुगेको रेकर्ड बनाएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै