ललितपुर । जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समिति बैठक आजदेखि थसी ब्याङ्क्वेट, ललितपुरमा भव्य रूपमा प्रारम्भ भएको छ।
दुई दिनसम्म चल्ने बैठक कार्तिक १९ र २० गतेसम्म सञ्चालन हुनेछ। बैठकमा पार्टीका शीर्ष नेतातो, केन्द्रीय पदाधिकारीहरू, विभिन्न प्रदेशका प्रतिनिधि तथा केन्द्रीय सदस्यहरूको सक्रिय सहभागिता रहेको छ।
बैठकमा पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी नीति–रणनीतिका विषयमा गहन छलफल हुने जनाइएको छ।
पार्टीका स्रोतका अनुसार, बैठकले संगठनात्मक विस्तार, आगामी निर्वाचनको तयारी तथा राष्ट्रिय राजनीति सुदृढ पार्ने रणनीति सम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।