ट्रेन्डिङ

माओवादी केन्द्रका रौतहट इन्चार्ज अशोक जयसवालले पार्टी छाडे, एकताको विरोधमा दिए कडा अभिव्यक्ति

रौतहट । नेकपा (माओवादी केन्द्र) रौतहटका इन्चार्ज तथा केन्द्रीय सदस्य अशोक जयसवालले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

बुधबार जारी विज्ञप्तिमा जयसवालले अब आफू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको माओवादी केन्द्रसँग आबद्ध नरहने उल्लेख गरेका छन्।

उनले हालै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच भएको एकतालाई “औचित्यहीन, अपरिपक्व, अर्थहीन र उद्देश्यविहीन” भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।

जयसवालका अनुसार उक्त एकीकरणले माओवादी आन्दोलनका मूल आदर्श र मूल्यप्रति धोका पुर्‍याएको छ।

उनले निकट भविष्यमा नयाँ राजनीतिक दिशाबारे निर्णय सार्वजनिक गर्ने जनाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै