ट्रेन्डिङ

बारा फेटा गाउँपालिकामा मेलाको अवसरमा आज स्थानीय विदा

बारा । बाराको फेटा गाउँपालिकाले आज एक दिनका लागि स्थानीय विदा दिएको छ ।

गाउँपालिकाको वडा नम्बर–१ त्रिवेणीस्थित खैरातिमाई मन्दिर परिसरमा लाग्ने वार्षिक मेलाको अवसरमा बुधबार एक दिनको विदा दिइएको हो ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा पूर्णिमाको अवसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै गाउँपालिका मातहतका सबै शैक्षिक संस्था, वडा कार्यालय र सार्वजनिक संस्थानहरू बन्द रहने उल्लेख गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको हस्ताक्षरमा जारी विज्ञप्तिमा मेलाको व्यवस्थापन र श्रद्धालुहरूको सहजताका लागि विदा निर्णय गरिएको जनाइएको छ ।

त्रिवेणीस्थित खैरातिमाई मेला स्थानीय समुदायको सांस्कृतिक र धार्मिक महत्व बोकेको परम्परागत मेला हो, जसमा बारा तथा आसपासका जिल्लाबाट भक्तजनहरूको ठूलो सहभागिता रहने गर्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै