वीरगन्ज । पर्सा क्षेत्र नम्बर -३ बहुदरमाई नगरपालिका आज जनमत पार्टीले जेनजी संघ र युवा दास्ता गठन गरेको छ ।
नगरपालिकाको वडा नम्बर- ९ बिश्रामपुरमा आज जेनजी जनमत संघ र युवा दस्ता औपचारिक रूपमा गठन गरिएको हो।
स्थानीय नितेश यादवको अध्यक्षतामा २१ सदस्यीय जेन्जी जनमत संघ र ११ सदस्यीय युवा दस्ता गठन गरिएको छ।
गठन गरिएको समितिले आगामी दिनमा स्थानीय स्तरमा युवाहरुको सक्रिय सहभागिता सुनिश्चित गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापमा योगदान दिने तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ।
जेन्जी जनमत संघ र युवा दस्ता गठनको उद्देश्य गाउँदेखि शहरसम्म युवाहरुको नेतृत्व क्षमता विकास, सामाजिक उत्तरदायित्वमा योगदान, र स्थानीय समस्यामा सामूहिक रूपमा समाधान खोज्ने कार्यलाई प्रवर्द्धन गर्ने रहेको जनमत पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए।
जनमतका नेतृ मालती कुशवाहाको विशेष पहलमा गठन गरिएको जनाइएको छ ।
