ट्रेन्डिङ

पर्सामा २१० मिलिग्राम ब्राउन सुगरसहित निचुटाका माली पक्राउ

वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटा टोलमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको गस्ती टोलीले सोमबार साँझ निचुटा नजिकको गौरीशङ्कर मन्दिर छेउमा शंका लागेर एक पैदल यात्रुको तलासी गर्दा लागूऔषध फेला पारेको हो।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति सोही टोलका २० वर्षीय धिरज माली हुन्। उनलाई जाँच गर्दा उनको साथबाट २१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधका चार प्याकेट र एक मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका मालीमाथि थप अनुसन्धान भइरहेको र बरामद वस्तु प्रयोगशालामा पठाइने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै