ट्रेन्डिङ

मुख्यमन्त्री सोनल र बेलायती राजदूतावासको टोलीबीच भेट : मधेशको शिक्षा र स्वास्थ्यमा सहकार्यबारे छलफल

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबीच महत्वपूर्ण शिष्टाचार भेटवार्ता भएको छ।

बिहीबार जनकपुरधाममा भएको भेटमा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्राथमिकतामा रहेको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य रहेको कुरामा जोड दिए । उनले मधेश प्रदेशको चौतर्फी विकासका लागि बेलायती दूतावास जस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग हातेमालो गर्न प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको बताए ।

बेलायती टोलीकी प्रमुख सिननले मुख्यमन्त्रीको प्राथमिकता र प्रदेश सरकारका विकासका प्रयासहरूप्रति आफ्नो सहमति र समर्थन व्यक्त गरिन् । उनले दूतावास सहकार्यका लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनमा सम्भावित साझेदारीका क्षेत्रहरूमा गहन छलफल गर्ने इच्छा व्यक्त गरिन् ।

प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको यस भेटघाटले मधेश प्रदेशको समृद्धिमा बेलायतको समर्थन थप बलियो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै