ट्रेन्डिङ

जनकपुर–ढल्केबर सडक किनारमा युवकको शव फेला, प्रहरी अनुसन्धानमा

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जनकपुर–ढल्केबर सडक खण्डको पूर्वपट्टि एक युवक मृत अवस्थामा फेला परेका छन् ।

मृतकको पहिचान सोही नगरपालिका–५ बस्ने ३५ वर्षीय आजिम कवारीका रूपमा गरिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

बिहान सडक छेउमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाउँसाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का कार्य पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घटनाको प्रकृति प्रारम्भिक रूपमा स्पष्ट नभएकाले विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले घटनाको कारण पत्ता लगाउन घटनास्थल वरिपरिका सिसिटिभी फुटेज पनि संकलन गर्न थालेको बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै