ट्रेन्डिङ

सुनको मूल्य पुनः घट्यो, चाँदीमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ।

मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँले घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तिहारपछि बजार खुलेसँगै सुनको मूल्य निरन्तर घट्दै आएको छ। केही साताअघि उच्च स्तरमा पुगेको सुन पछिल्ला दिनमा लगातार सस्तो बन्दै गएको हो।

यसैबीच, बुधबार चाँदीको मूल्य भने बढेको छ।
मंगलबार तोलामा २ हजार ९२० रुपैयाँमा सीमित चाँदी बुधबार ४५ रुपैयाँले बढेर तोलामा २ हजार ९६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

सुनको मूल्य घट्दै चाँदीको मूल्य बढ्नुका कारण अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा अमेरिकी डलरको भाउमा देखिएको परिवर्तन रहेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै