जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्वको अवसरमा सम्पूर्ण मधेशी समुदायसहित देश–विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका छन्।
मुख्यमन्त्री कार्यालयबाट जारी सन्देशमा उनले छठ पर्वले समाजमा सुख, शान्ति, समृद्धि र एकताको भावना फैलाओस् भन्दै सबैको सु-स्वास्थ्य र प्रगतिको कामना गरेका छन्।
सन्देशमा भनिएको छ, “छठी माताको कृपाले सम्पूर्ण जनसमुदायमा सुख, शान्ति, समृद्धि तथा सु-स्वास्थ्य प्राप्त होस्।”
चार दिनसम्म मनाइने छठ पर्व मधेश प्रदेशमा विशेष आस्थाका साथ मनाइन्छ। यस पर्वमा सूर्यदेवलाई अस्ताउँदा र उदाउँदा अर्घ्य दिइने धार्मिक परम्परा रहेको छ।
मुख्यमन्त्री सोनलले छठ पर्वले धार्मिक विश्वाससँगै सामाजिक एकता र पारिवारिक सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
