वीरगन्ँज । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोय नारायण सुवेदीको सरुवा भएको छ। गृह मन्त्रालयले आज गरेको निर्णय अनुसार सुवेदीको सरुवा अर्घाखाँची जिल्लामा भएको हो।
सुवेदी पर्सामा आएको जम्मा दुई महिनामै उनको सरुवा भएको छ।
पर्सा जिल्लाको जिम्मेवारी अब दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सम्हाल्ने भएका छन्। दाहालको आगमनसँगै पर्साको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ। गृह मन्त्रालयको बैठकले आज विभिन्न जिल्लाका प्रजिअहरूको व्यापक हेरफेर गरेको हो।