ट्रेन्डिङ

पर्सा ठोरीमा दुर्घटना गराएर भागेका भारतीय चालक पक्राउ

वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले ट्याङ्कर चालकलाई पक्राउ गरेको छ।

शनिबार राति करिब ९ः ३० बजे ठोरी गाउँपालिका वडा नं. ४ स्थित हुलाकी सडक खण्डमा भएको दुर्घटनामा ठोरी गाउँपालिका वडा नं. ५ का करिब ३५ वर्षीय फुर्वा लोप्चनको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि फरार भएको ना. ७ ख २१७८ नम्बरको ट्याङ्करलाई प्रहरीले घटनास्थल नजिकै नियन्त्रणमा लिएको थियो। ट्याङ्करका चालक भारत, बिहारका राज कुमार यादवलाई आज दिउँसो वीरगन्ज महानगरपालिका वडा नं. १६ नगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका चालक यादवमाथि आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै