ट्रेन्डिङ

छठ पर्व सुरक्षा र व्यवस्थापनमा मेयर सिंहको सक्रियता, वीरगन्जका घाटहरूको अनुगमन

वीरगन्ज । पवित्र छठ पर्व नजिकिएसँगै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरभित्रका प्रमुख छठघाटहरूको स्थलगत अनुगमन गरी तयारीको अवस्था बुझेका छन्।

छठलाई आस्था, संस्कृति र पहिचानको पर्व भन्दै मेयर सिंहले जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको बताएका छन्।

मेयर सिंहले घडिअर्वा पोखरी, रानीघाट, माईधिया पोखरी, श्रीपुर पोखरी र आदर्शनगरस्थित स्वीमिङ पुल छठघाट लगायतका स्थानहरूको अवलोकन गर्दै आवश्यक निर्देशन दिएका छन्। अनुगमनका क्रममा उनले सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन र सर्वसाधारणले सुरक्षित वातावरणमा पूजा गर्न पाउने सुनिश्चितता गर्न निर्देशन दिएका थिए। साथै, सरसफाइ, प्रकाश व्यवस्थापन, आवत–जावतको सहजता र समन्वय सम्बन्धी कमजोरीहरू तत्काल सुधार गर्न सम्बन्धित अधिकारीहरूलाई कडा निर्देशन दिइएको थियो।

मेयर सिंहका अनुसार, महानगरले सबै छठघाटहरूमा प्रकाश, सरसफाइ, स्वास्थ्य तथा ट्राफिक व्यवस्थापनका लागि विशेष टिम खटाएको छ र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। ‘कुनै पनि घाटमा समस्या नहोस् भन्ने उद्देश्यले महानगरले सबै तयारी पूरा गरेको छ। जनताको विश्वास र सहजीकरण नै हाम्रो मुख्य जिम्मेवारी हो,’ उनले भने। यस अनुगमनले छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित तरिकाले सम्पन्न गर्न महानगरपालिका प्रतिबद्ध रहेको सन्देश दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै