ट्रेन्डिङ

छठ पर्वअगाडि जनकपुरको गंगा सागर घाटमा प्रहरीद्वारा सरसफाई अभियान सम्पन्न

जनकपुर । छठ पर्वलाई लक्षित गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनकपुरको ऐतिहासिक गंगा सागर पोखरीस्थित छठ घाटमा आज बिहान व्यापक सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

बिहानदेखि सुरु भएको सो सरसफाई अभियानमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलीया, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरको उपस्थितिमा १६० जना प्रहरी कर्मचारीको सक्रिय सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

गंगा सागर पोखरी छठ पर्वका प्रमुख घाटहरूमध्ये एक भएकाले यस क्षेत्रमा भीडभाड बढ्ने अपेक्षासहित नदी किनार, वरपरको सरसफाइ, फोहर व्यवस्थापन र सुरक्षात्मक तयारीलाई ध्यानमा राखी प्रहरी टोलीले सरसफाइ कार्यमा सक्रिय भूमिका निभाएको हो ।

प्रहरीका अनुसार यस्ता कार्यक्रमहरूले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य तथा सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास लिइएको छ।

छठ पर्व नजिकिँदै गर्दा सरसफाइ, सुरक्षा व्यवस्थापन र भीड नियन्त्राणबारे थप संयोजनका कामहरु अगाडि बढाइने जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै