ट्रेन्डिङ

कुलपति प्रधानमन्त्री हुने चलन अब हटाउनुपर्छ : मन्त्री पुन

वीरगन्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालका विश्वविद्यालयहरूको शैक्षिक तथा प्रशासनिक सुधारका लागि बृहत् छलफल भइरहेको जानकारी गराएका छन् ।

विश्वविद्यालयमा लामो समयदेखि जरा गाडेको राजनीतिकरण निर्मूल पार्नुपर्ने भन्ने महत्वपूर्ण सुझाव आएको उनले बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले विश्वविद्यालयका उपकुलपतिहरू सँग र विश्वविद्यालय अनुदान आयोग अन्तर्गत शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा छलफल भइरहेको जानकारी दिए ।

मन्त्री पुनले विश्वविद्यालय सुधारका क्रममा परम्परागत व्यवस्था परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले विश्वविद्यालयको सबैभन्दा उच्च पद कुलपतिमा प्रधानमन्त्री रहने चलन हटाउनुपर्ने विषयमा छलफल भइरहेको बताए ।

‘कुलपति प्रधानमन्त्री हुने चलन छ। अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ,’ मन्त्री पुनले भने, ‘यो विषयमा छलफल भइरहेको छ र सुझावहरू समेटेर मस्यौदा बनाउनेछौँ।’

उनले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गराएर पूर्ण रूपमा प्राज्ञिक र गुणस्तरीय बनाउनु नै अहिलेको मुख्य लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै