ट्रेन्डिङ

महोत्तरीमा १०५० किलो छोकडा र ३६ कार्टुन चकलेट प्रहरी नियन्त्रणमा

जनकपुरधाम । महोत्तरी प्रहरीले भन्सार छली गरी अवैध रूपमा भण्डारण गरिएका छोकडा र चकलेटको ठूलो परिमाण नियन्त्रणमा लिएको छ।

बरामद गरिएका यी सामानको अनुमानित बजार मूल्य करिब ९ लाख ५१ हजार रुपैयाँ रहेको छ। जिल्ला प्रहरी कार्यालयका शनिबार राति करिब ११ः३० बजे गोप्य सूचनाका आधारमा प्रहरी टोली सम्सी गाउँपालिका वडा नम्बर ०७ स्थित खल्ले मण्डल टोलमा खटिएको थियो। त्यहाँ घरधनीको नाम नखुलेको माटोले बनेको एउटा फुसको घरभित्र खानतलासी गर्दा भन्सार छली गरी लुकाइएका सामानहरू फेला परेका थिए।

प्रहरीले त्यस घरबाट २१ बोरामा राखिएको १०५० किलोग्राम छोकडा र ३६ कार्टुन चकलेट बरामद गरेको छ। बरामद छोकडाको अनुमानित मूल्य २ लाख ३१ हजार रुपैयाँ र चकलेटको मूल्य ७ लाख २० हजार रुपैयाँ रहेको छ।

नियन्त्रणमा लिएको सबै सामानलाई रीतपूर्वक बरामदी मुचुल्का गरी आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै