ट्रेन्डिङ

प्रहरी दिवसमा सिरहामा शहीद तथा अमर प्रहरीको योगदानको स्मरण

सिरहा । ‘नागरिक प्रहरी सहकार्यः सुरक्षाको लागि अपरिहार्य’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालय सिराहाको प्राङ्गणमा ७० औं प्रहरी दिवसको मूल समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अमर प्रहरी स्मारकमा पुष्पहार (रेथ) चढाउँदै देशका लागि सहादत प्राप्त गर्ने वीर शहीद तथा अमर प्रहरी कर्मचारीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले राष्ट्रको शान्ति सुरक्षाका लागि जीवन उत्सर्ग गर्ने ती सपूतहरूको योगदानलाई उच्च सम्मानपूर्वक स्मरण गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिराहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनन्त राम शर्मा लगायत अमर प्रहरी परिवारका सदस्यहरू, सम्पूर्ण कार्यरत प्रहरी कर्मचारीहरू तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि बरालले समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरूलाई प्रहरी दिवसको शुभकामना व्यक्त गर्दै, उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यरत प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेका थिए । यस अवसरमा, प्रहरी सेवामा उत्कृष्ट योगदान दिने कर्मचारीहरूलाई प्रोत्साहन दिइएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै