वीरगन्ज । जिल्लाको मदिरा व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ पर्सा मदिरा व्यवसायी संघको कार्यालय वीरगन्जमा उद्घाटन भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नं. १६ बसपार्कमा एक समारोहका बीच आज कार्यालयको उद्घाटन वीरगन्ज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले रिबन काटेर गरे । अग्रवालले संघले जिल्लाको मदिरा व्यवसायलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा संघको औपचारिक सञ्चालक समिति पनि घोषणा गरिएको छ। संघको नेतृत्व चिनीलाल पटेलले गर्नेछन् । समितिमा सन्दीप कुमार गुप्ता उपाध्यक्ष, प्रदीप कुमार लोहार महासचिव, रजनीश कुमार सचिव र राकेश कुमार साह कोषाध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा मनीष प्रसाद कलवार, अनिल कुमार चापागाई, राम कुमार यादव र रजित जयसवाल रहेका छन्। संघको प्रेस सल्लाहकारमा सन्तोष पटेललाई जिम्मेवारी दिइएको छ।
संघका अध्यक्ष चिनीलाल पटेलले जिल्लाभित्रका मदिरा व्यवसायीहरूलाई एकजुट गरी व्यवसायमा पारदर्शिता र अनुशासन ल्याउनु संघको मुख्य उद्देश्य रहेको बताए ।
कार्यक्रममा विभिन्न व्यवसायी, समाजसेवी र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।