वीरगन्ज । वर्तमान अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्ति पाएका विभिन्न १० देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै ती राजदूतहरूलाई तत्काल स्वदेश फर्कन निर्देशन दिइएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएको जानकारी अनुसार, फिर्ता बोलाइएका राजदूतहरूलाई कात्तिक २० गतेभित्र आफ्नो कार्यभार छोडेर नेपाल फर्किसक्न निर्देशन दिइएको छ।
सरकारले फिर्ता बोलाउने निर्णय गरेका देशहरूमा महत्त्वपूर्ण कूटनीतिक नियोगहरू रहेका छन्। ति देशहरू चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका, जापान,
राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ सरकार गठनपछि फिर्ता बोलाउने परम्परा अनुसार यो निर्णय गरिएको हो।
यसबाट ती देशहरूमा अब नयाँ राजदूत नियुक्तिको प्रक्रिया सुरु हुनेछ।