ट्रेन्डिङ

पार्टी विभाजनविरुद्ध सिके राउत पुगे सर्वोच्च

वीरगन्ज । जनमत पार्टीमा भएको विभाजन र नयाँ दल गठनलाई लिएर पार्टीका अध्यक्ष सिके राउत सर्वोच्च अदालत पुगेका छन्।

आफ्नै पार्टीका उपाध्यक्ष दीपककुमार साहले केही दिनअघि पार्टी फुटाएर ‘जनस्वराज पार्टी’ गठन गरेपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै राउतले सर्वोच्चमा रिट दायर गरेका हुन्।

राउतले पेस गरेको रिटलाई सर्वोच्च अदालतले बिहीबार दर्ता गरेको छ र उक्त मुद्दाको पेसी शुक्रबारका लागि तोकिएको छ। अध्यक्ष राउतले रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाएका छन्।

पार्टी विभाजनको यो विवाद त्यतिबेला सुरु भएको थियो जब जनमत पार्टीभित्र असन्तुष्ट रहेका उपाध्यक्ष साहको नेतृत्वमा नयाँ दल गठन भएको थियो। यसअघि पार्टीको नीति विपरीत काम गरेको भन्दै अध्यक्ष राउतले साहलाई पार्टीबाट निष्कासन गरिसकेका थिए।

यस विभाजनलाई निर्वाचन आयोगले भने असोज २८ गते नै मान्यता दिँदै ‘जनस्वराज पार्टी’लाई दर्ता गरेको थियो। निर्वाचन आयोगको यही निर्णयलाई चुनौती दिँदै र पार्टी विभाजनको प्रक्रियामाथि प्रश्न उठाउँदै अब यो मुद्दा सर्वोच्च अदालतको इजलासमा प्रवेश गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै