ट्रेन्डिङ

जितेन्द्र सोनलले मातृभाषा भोजपुरीमा लिए मुख्यमन्त्रीको शपथ, महेश यादव र कनिष पटेल विना विभागीय मन्त्री नियुक्त

जनकपुरधाम । लामो राजनीतिक रस्साकस्सीपछि मधेश प्रदेशमा नयाँ नेतृत्वले औपचारिकता पाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले आज मधेस प्रदेशको मुख्यमन्त्री पदको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई पद तथा गोपनीयताको शपथ गराइन् । शपथग्रहण समारोहको विशेष आकर्षणका रूपमा मुख्यमन्त्री सोनलले आफ्नो मातृभाषा भोजपुरी मा शपथ लिएका थिए।

मुख्यमन्त्रीको शपथपश्चात् सोनल नेतृत्वको मन्त्रिपरिषद् पनि विस्तार गरिएको छ।

जनमत पार्टीबाट महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल मन्त्रीमा सपथ लिएका छन् । यी दुवै नेताले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

शपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह को पनि उपस्थिति रहेको थियो, जसलाई मधेसको राजनीतिक सौहार्दताका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै