ट्रेन्डिङ

सुन तस्करी आरोपमा पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

वीरगन्ज । विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

जिल्ला अदालत काठमाडौंले मङ्गलबार र बुधबार भएको थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो। उनीमाथि ८ करोड ५५ लाख रुपैयाँभन्दा बढी बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको थियो।

महरामाथि विमानस्थल भन्सारबाट सुन तस्करी भएको भेप छुटाउन दबाब दिएको मुख्य आरोप छ। यो घटनामा उनका छोरा राहुल महरासहित अन्य व्यक्तिहरूलाई पनि मतियार बनाएर पूरक अभियोजन दायर गरिएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै