मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदीभण्डारीले सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र दिएकी छन् ।
आज बिहान जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनललाइ मुख्यमन्त्रीका रूपमा अघि सार्दै पाँच राजनीतिक दलका नेताहरूले हस्ताक्षरयुक्त दाबीपत्र बुझाएका थिए ।
सोनललाई जनता समाजवादी पार्टी जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी र लोसपाको साथ छ ।
पाँचै दलको संयुक्त समर्थनले मधेश प्रदेशसभामा ५६ सिटको बहुमत पुगेको छ ।
