ट्रेन्डिङ

देशभर एकैपटक ६६५ इन्सपेक्टरको सरुवा

काठमाडौं । नेपाल प्रहरीमा ठूलो जनशक्ति सरुवा भएको छ ।

एकैपटक देशभरका ६६५ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरिएको हो।

प्रहरी मुख्यालय मानवस्रोत व्यवस्थापन विभागले आज प्रकाशित गरेको सरुवा सूचनाअनुसार इन्सपेक्टरहरूलाई विभिन्न प्रदेश, जिल्ला र इकाइ कार्यालयहरूमा पुनः पदस्थापन गरिएको छ।

यो सरुवा नियमित कार्यसम्पादन, कार्यक्षमता अभिवृद्धि र संगठनभित्र जनशक्ति सन्तुलन कायम गर्ने उद्देश्यले गरिएको प्रहरी मुख्यालयले जनाएको छ।

एकैपटक यति ठूलो संख्यामा सरुवा हुनु पछिल्लो समय प्रहरी संगठनभित्र भएको सबैभन्दा ठूलो आन्तरिक फेरबदलमध्ये पर्छ।

सरुवा सूचीमा काठमाडौँ, ललितपुर, भक्तपुर, पर्सा, मोरङ, बाँके, कैलालीदेखि दार्चुलासम्मका इन्सपेक्टरहरू समावेश छन्। केहीलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने केहीलाई प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान विभाग र ट्राफिक महाशाखामा खटाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै