ट्रेन्डिङ

लोसपाका जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार गठनको दाबी प्रदेश प्रमुख समक्ष पेस

जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नेतृत्वमा पाँच दलले प्रदेश प्रमुखको कार्यालयमा संयुक्त दाबी पेस गरेका छन ।

जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनललाइ मुख्यमन्त्रीका रूपमा अघि सार्दै पाँच राजनीतिक दलका नेताहरूले हस्ताक्षरयुक्त दाबीपत्र बुझाएका हुन्।

दाबीपत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी र लोसपाका संसदीय दलका नेताहरूको हस्ताक्षर छ।

पत्रमा जसपा नेपालका नेता सरोज यादव, जनमत पार्टीका नेता महेश यादव, माओवादी केन्द्रका नेता युवराज भट्टराइ, एकीकृत समाजवादीका नेता गोविन्द न्यौपाने, र लोसपाका नेता जयनुल राइनका हस्ताक्षर छन्।

दाबीपत्रमा संविधानको धारा १६८(२) बमोजिम लोसपाका नेता सोनलको नेतृत्वमा बहुमत प्राप्त पाँचदलीय गठबन्धनको सरकार गठनका लागि निवेदन गरिएको उल्लेख छ।

पाँचै दलको संयुक्त समर्थनले मधेश प्रदेशसभामा ५६ सिटको बहुमत पुगेको दाबी गरिएको छ — जसमा जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै