ट्रेन्डिङ

प्रतिनिधि सभा पुनर्स्थापनामा छलफल गर्न सभामुख घिमिरेले बोलाए १० दलको बैठक

वीरगन्ज । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेसँगै सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापनाको विषयमा छलफल गर्न प्रमुख १० राजनीतिक दलको बैठक बोलाएका छन्।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बुधबार बिहान ९ बजे सिंहदरबारमा १० दलका नेताहरूको बैठक बस्नेछ।

सभामुख घिमिरेले पुनर्स्थापनाको माग गर्दै रिट परेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरूको धारणा बुझ्न र राय माग्नका लागि बैठक बोलाएका हुन्।

सभामुखले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई छलफलका लागि बोलाएका छन्।

प्रेस विज्ञ अधिकारीले जानकारी दिएअनुसार, सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको बैठक पनि बोलाउने तयारी गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै