ट्रेन्डिङ

मुख्यमन्त्री सिंहले दिएको राजीनामा स्वीकृत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएको छ।

उनले मंगलबार विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा बैठकबाटै राजीनामा घोषणा गरेका थिए।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत गरेकी हुन्।

राजीनामा स्वीकृत भए पनि प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अर्को व्यवस्था नभएसम्मका लागि सतिशकुमार सिंह नै मुख्यमन्त्रीको जिम्मेवारीमा कायम रहनेछन्।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुघन यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्‌लाई प्रदेशको मन्त्रिपरिषद्‌को कार्यभार सञ्चालन गर्न तोकिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ।’

मुख्यमन्त्री सिंहले आज दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहे पनि बहुमत जुटाउन नसक्ने भएपछि उनले सदनमा विश्वासको मत लिनुअघि नै राजीनामा दिएका हुन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै