ट्रेन्डिङ

सतिश कुमार सिंहले दिए मुख्यमन्त्री पदबाट राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश सभामा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ (४) बमोजिम विश्वासको मत लिने कार्यसूचीमा बोल्दै उनले आफ्नै जनमत पार्टीले असहयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।

सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। त्यसै प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो। तर, उनले बैठकमै आफ्नो राजीनामाको घोषणा गरेपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी गराए।

मुख्यमन्त्री सिंहले विश्वासको मत पाउन नसक्ने आकलनपछि पदबाट राजीनामा दिएको बुझिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै