ट्रेन्डिङ

ठोरीमा ‘नागरिक सुनुवाइ’ सम्पन्न : लागुऔषध नियन्त्रण र चाडपर्व सुरक्षा मुख्य चासो

वीरगन्ज । पर्साको ठोरी गाउँपालिका वडा नं. २ स्थित ईलाका प्रहरी कार्यालय ठोरीको आयोजनामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय ठोरीको प्रतिक्षालयमा भएको कार्यक्रममा सहभागी नागरिकहरूले मुख्यगरी लागुऔषध नियन्त्रण र सामाजिक सुरक्षाका विषयमा प्रश्न तथा सुझावहरू राखेका थिए।

सहभागीहरूले प्रत्येक विद्यालयमा सचेतनामूलक ‘विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गर्नुपर्ने, लागुऔषध ओसारपसारमा नियन्त्रण गरी सामाजिक अपराध न्यूनीकरणमा सक्रियता बढाउनुपर्ने तथा प्रत्येक वडास्तरमा स्थानीय तहसँग समन्वय गरेर लागुऔषध नियन्त्रण समिति गठन गर्नुपर्ने माग गरेका थिए। साथै, नजिकिँदै गरेको छठ र दिपवाली पर्वमा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनुपर्ने विषयमा पनि चासो व्यक्त गरिएको थियो।

कार्यक्रममा उठेका सम्पूर्ण प्रश्नहरूको जवाफ ईलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीले दिएका थिए । कार्यक्रममा भद्र भलादमी, समाजसेवी, बुद्धिजीवी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू लगायत करिब ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै