ट्रेन्डिङ

स्रोत नखुलेको ८ लाख २५ हजार रुपैयाँसहित एक जना सिरहाबाट पक्राउ

फाइल तस्बिर

सिरहा। सिरहा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले जारी गरेको प्रेस नोट अनुसार, आइतबार राति करिब ९ बजे सिरहा नगरपालिका वडा नम्बर २०, लकडिगदियानीमा रकमसहित ती व्यक्ति पक्राउ परेका हुन्।

प्रहरी चौकी लकडिगदियानीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आइरहेको म.प्र.०२–०१–००३ प. २१०२ नम्बरको मोटरसाइकललाई शङ्काको आधारमा रोकेर चेकजाँच गर्दा रकम फेला परेको थियो।

पक्राउ पर्नेमा सिरहा, कल्याणपुर नगरपालिका वडा नम्बर १, बनिनिया बस्ने वर्ष ३० का राशिन्द्र मण्डल रहेका छन्। मण्डलले पछाडि बोकेको कालो झोलाभित्र स्रोत नखुलेको ८ लाख २५ हजार नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

नगद रकमका साथै प्रहरीले २ थान कपाली तमसुक, आरूष रेमिटेन्सको १ थान स्टाम्प, विभिन्न बैंकका ५ थान एटीएम कार्ड र ५ थान चेकबुक पनि बरामद गरेको छ। पक्राउ परेका मण्डल र बरामद गरिएका सबै सामानसहित मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै