ट्रेन्डिङ

मधेशका मुख्यमन्त्री सिंहको फेसबुक पेज ह्याक, साढे चार घण्टापछि रिकभर

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको आधिकारिक फेसबुक पेज शनिबार साँझ ह्याकरहरूले ह्याक गरेका छन्।

करिब साढे चार घण्टापछि आईटी विज्ञहरूको सहयोगमा पेज पुनः नियन्त्रणमा ल्याइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्रीको सचिवालयमार्फत सञ्चालित CM Satish Singh नामक पेज ह्याक भएको पुष्टि गर्दै रिकभर भएपछि सोही पेजमार्फत सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “माननीय मुख्यमन्त्री सिंहज्यूको सचिवालयमार्फत सञ्चालित CM Satish Singh आधिकारिक फेसबुक पेज हिजो साँझ ह्याकरहरूले ह्याक गरेकोमा सचिवालयका साथीहरू र आईटी विज्ञहरूको अथक प्रयासमा साढे चार घण्टापछि सफलतापूर्वक रिकभर गरिएको छ।”

सचिवालयले ह्याकिङको उद्देश्य मुख्यमन्त्रीलाई कमजोर पार्ने प्रयास भएको टिप्पणी गर्दै भनेको छ, “यसले हाम्रो हौसला घटाएको छैन, बरु अझ सशक्त भएर अघि बढ्ने प्रेरणा मिलेको छ।”

Screensho

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै