वीरगन्ज । रिकभरिङ नेपाल मधेस प्रदेशको नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार वीरगन्जमा सम्पन्न विशेष अधिवेशनले आयुष भुजेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा विकास लामा, सचिवमा राजकुमार लामा, कोषाध्यक्षमा भुषण क्षेत्री चुनिएका छन् ।
यसैगरी सदस्यहरुमा उदय यादव, अजय कुर्मी, श्याम लामा लगायत रहेका अध्यक्ष भुजेलले बताए ।
संस्थाका केन्द्रिय सदस्य लुबोध पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।