काठमाडौँ । साताको अवधिमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते तोलाको २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साताको अन्त्यमा बढेर २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो ।
साताभरि सुनको मूल्यमा उतारचढाव देखिए पनि असोज ८ गते तोलामा २ लाख २३ हजार रुपैयाँ पुग्दै हालसम्मकै उच्च मूल्य कायम भएको थियो ।
त्यसपछि ९ गते २ लाख २१ हजार ३०० रुपैयाँमा झरेको सुनको मूल्य शुक्रबार पुनः बढ्दै २ लाख २२ हजार ५०० रुपैयाँमा स्थिर रह्यो ।
त्यस्तै, साताभरि चाँदीको मूल्य पनि क्रमशः बढ्दै असोज ३ गते तोलाको २ हजार ५८० रुपैयाँबाट हिजो शुक्रबार हालसम्मकै उच्च २ हजार ७४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
यस आधारमा एक सातामै चाँदीको मूल्य १६० रुपैयाँले बढेको हो ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धि र मागको चापका कारण नेपालमा समेत सुन–चाँदीको मूल्य उच्च बनेको हो ।