काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।
एक दिनमा मात्रै तोलमा १३ सयले सुनको मूल्य बढेको छ । सुनको आजको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । हरेक सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो । यस्तै बुधबार छापावाल सुन १० ग्रामको १ लाख ९१ हजार १८५ रुपैयाँ कायम भएको छ ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य हालसम्मकै उच्च हो ।