ट्रेन्डिङ

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने

वीरगन्ज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नयाँ मिति तय गरेको छ। अब परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने भएको छ।

यसअघि भदौ २८ र २९ गते परीक्षा तोकिए पनि देशको वर्तमान अवस्थाका कारण तालिका परिवर्तन गरिएको हो।

असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ भने एक विषयको मात्र पूरक परीक्षा दिने विद्यार्थीका लागि सबै विषयको परीक्षा यही दिन हुनेछ। दुई विषयमा परीक्षा दिने विद्यार्थीले पहिलो दिन सानो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्नेछ। उदाहरणका लागि, अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवैको पूरक परीक्षा दिनेले पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा दिनुपर्नेछ।

असोज ८ गते दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछैन।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरू यसअघि नै निर्धारण गरिसकेको जनाएको छ। विद्यार्थीहरूले आफ्नो परीक्षा केन्द्रबारे जानकारी लिन सक्नेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै