ट्रेन्डिङ

बडादशैं २०८२ : टिकाको साइत ११ :५३, घटस्थापना ९:१३ बजे

वीरगन्ज । यस वर्षको बडादशैंको टिकाको उत्तम साइत असोज १६ गते बिहान ११: ५३ बजे रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज एक सूचना जारी गर्दै यो जानकारी दिएको हो।

बडादशैं असोज ६ गते घटस्थापनाबाट सुरु हुनेछ, जसको साइत बिहान ९:१३ बजे रहेको छ। त्यसैगरी, विजया दशमीका दिन बिहान ९: २३ बजे देवी विसर्जनको साइत रहेको पनि समितिले जनाएको छ। टिका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूर्व दिशातर्फ फर्कनुपर्ने पनि समितिले बताएको छ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस वर्षको दशैंको महत्त्वपूर्ण साइतहरू असोज ७ गते मंगलबार बिहान ९: ५३ बजे झण्डा फेर्ने, असोज १३ गते सोमबार बिहान ७: १७ बजे फूलपाती र श्री तुलजाभवानी यात्रा र असोज १६ गते बिहीबार बिहान ११: ५३ बजे टीकाको उत्तम साइत रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै