वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत पार्टी छोडेको जानकारी दिँदै आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन्।
पार्टी छोड्ने घोषणा गर्दै श्रेष्ठले कटाक्षपूर्ण भाषामा लेखेकी छन्, ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाँडे।’
पार्टीभित्रको बढ्दो मनपरीतन्त्र र कार्यशैलीलाई लिएर असन्तुष्ट रहेकी श्रेष्ठले यो कदम चालेको बुझिएको छ। उनको यो निर्णयले रास्वपाभित्रको आन्तरिक कलह सतहमा आएको मानिएको छ।