ट्रेन्डिङ

कलैया उपमहानगरपालिकाको सेवा र शैक्षिक संस्था भोलीदेखि खुल्ने

वीरगन्ज । कलैया उपमहानगरपालिकाले विषम परिस्थितिका कारण स्थगित भएका सम्पूर्ण सेवा र शैक्षिक संस्थाहरू पुनः सञ्चालनमा ल्याउने भएको छ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै भोलि आइतबारदेखि कार्यालयका सेवाहरू र विद्यालयहरूको पठनपाठन सुचारु हुने जानकारी गराएको छ।

विगत केही दिनदेखि देशमा उत्पन्न संवेदनशील परिस्थितिका कारण सेवा प्रवाहमा अवरोध आएकोमा, अहिले अवस्था सामान्य भइसकेकोले नियमित कामकारबाही सुचारु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै