ट्रेन्डिङ

कार्कीलाई जसपा नेपालको समर्थन, संविधान संशोधनका लागि संसद कायम राख्नुपर्ने भनाइ

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने निर्णयलाई ‘अत्यन्त सकारात्मक’ कदमको रूपमा स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो धारणा व्यक्त गरेका हुन्।

यादवले वर्तमान संविधानमा संशोधन र पुनर्लेखन आवश्यक रहेको भन्दै त्यसका लागि संसदलाई कायमै राख्नुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, ‘संसद विघटन र संविधानको खारेजी मुलुकको हितमा हुन सक्दैन।’ अध्यक्ष यादवको यो भनाइले आन्दोलनरत पक्षले माग गरेको संसद विघटनको विपक्षमा दलहरूको साझा धारणालाई थप बल पुर्‍याएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै