ट्रेन्डिङ

बारामा आज राती ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कफ्र्यु लागू

वीरगन्ज । जिल्लाको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, बाराले पुनः कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको आदेशअनुसार आज (भदौ २६ गते) राती ८ बजेदेखि भोलि (भदौ २७ गते) बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यू लागु हुनेछ।

यसअघि आज बिहान मात्रै प्रशासनले जिल्लामा कर्फ्यू र निषेधित क्षेत्र नरहेको जनाएको थियो। तर, परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै यो आदेश पुनः जारी गरिएको हो।

कर्फ्यू अवधिभर कुनै पनि व्यक्ति वा समूहलाई आवतजावत गर्न, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले अनावश्यक भीडभाड र हिंसात्मक गतिविधि रोक्नका लागि यो कदम चालेको स्पष्ट पारेको छ।

कर्फ्यूको समयमा एम्बुलेन्स, दमकल, शववाहन र स्वास्थ्यकर्मीका सवारी साधनहरूलाई भने छुट दिइएको छ। त्यसैगरी, पत्रकार, पर्यटक, मानवअधिकारकर्मी र कूटनीतिक नियोगका सवारी साधनहरूलाई पनि आवागमनमा रोक लगाइएको छैन। हवाई टिकट देखाएर गरिने यात्रा पनि सुचारु रहने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै