ट्रेन्डिङ

प्रदर्शनका क्रममा हराएका हातहतियार र पोशाक फिर्ता गर्न प्रहरीको अनुरोध

वीरगन्ज । नेपाल प्रहरीले हालै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले नियन्त्रणमा लिएका प्रहरीका हातहतियार, सञ्चार साधन, सवारी साधन, पोशाक र अन्य भौतिक सामग्रीहरू फिर्ता गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भाद्र २३ देखि २५ गतेसम्म भएको प्रदर्शनका क्रममा हराएका वा नियन्त्रणमा लिइएका सामग्रीहरू नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो।

विज्ञप्तिअनुसार, यस्ता सामग्री फेला परेमा स्थानीय प्रहरी, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १००, टोल फ्रि नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गरी बुझाउन सकिनेछ।

साथै, आन्दोलनका क्रममा प्रदर्शनकारीले लगेका प्रहरीका पोशाकहरू दुरुपयोग नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। यस्ता पोशाकसम्बन्धी कुनै सूचना भए प्रहरीलाई उपलब्ध गराउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

यो अनुरोध जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि भएको आक्रमण र त्यसपछि केही सामग्री हराएको वा नियन्त्रणमा लिइएको भन्ने समाचारहरू सार्वजनिक भएपछि आएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै