ट्रेन्डिङ

जेनजी आन्दोलनको एजेन्डा लिएर सेनासँग संवाद गर्न पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रस्ताव

काठमाडौँ । जेनजी आन्दोलनरत युवाहरूले आफ्नो एजेन्डा सेनासमक्ष लैजान पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रतिनिधि बनाउने प्रस्ताव गरेका छन्।

बुधबार बसेको जेनजीहरूको भर्चुअल बैठकमा उनीहरूले कार्कीमार्फत प्रधानसेनापति अशोकराज सिग्देललाई आन्दोलनका मागहरू प्रस्तुत गर्ने निर्णय प्रस्ताव गरेका हुन्।

तर, कार्की स्वयंले यसबारे सहमति जनाएपछि मात्र निर्णय अन्तिम हुने जनाइएको छ। बैठकमा सहभागी युवाहरूले कार्कीलाई भेटेर औपचारिक रूपमा जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने तयारी गरेको बताएका छन्।

युवाहरूले भने अझैसम्म आधिकारिक रूपमा प्रतिनिधि समूह टुंगो लगाएका छैनन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै