ट्रेन्डिङ

वीरगन्ज बालसुधार गृहबाट फरार भएका ७८ जना पक्राउ

वीरगन्ज । वीरगन्जस्थित बालसुधार गृहबाट फरार भएका १४६ जना कैदीबन्दीमध्ये ७८ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

अहिले पनि ६८ जना फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। जेनजीको आन्दोलनले अस्तव्यस्त भएको परिस्थितिको फाइदा उठाउँदै कैदीबन्दीहरू भागेको प्रहरीको भनाइ छ।
आज बिहान वीरगन्जको विर्तामा रहेको कारागारबाट पनि केही कैदीबन्दीहरू भाग्ने प्रयास गरेका थिए। तर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उनीहरूलाई रोक्न सफल भएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साले फरार रहेका कैदीबन्दीहरूलाई खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै