ट्रेन्डिङ

देश राजनीतिक शून्यतामा, सुरक्षा कायम गर्न राष्ट्रपतिको पहल आवश्यक : कांग्रेस

वीरगन्ज । नेपाली कांग्रेसले मुलुक अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चितताको अवस्थामा रहेको बताएको छ।

पार्टीका महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्माले एक प्रेस नोट जारी गर्दै यो विषम परिस्थितिमा राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।

सोमबारको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले युवा र सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपरेको अवस्थालाई पीडादायी भन्दै लोकतान्त्रिक विरोधको मर्म र मान्यताविपरीत भएको बताएका छन्।

प्रेस नोटमा भनिएको छ, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालगायतका लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर चिन्ताको विषय हो।’ उनले हिजोको घटनाबाट भएको क्षति १० वर्षे माओवादी द्वन्द्वको समयभन्दा पनि बढी रहेको उल्लेख गरेका छन्।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवासहित अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको पनि निन्दा गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै