ट्रेन्डिङ

पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणा घाइते

वीरगन्ज । देशभर जारी जेनजी आन्दोलनले हिंसाको चरम रूप लिएको छ।

आक्रोशित प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका छन्।

यो घटनाले राजनीतिक नेतृत्वविरुद्ध युवाहरूको आक्रोशले कस्तो हिंस्रक मोड लिँदैछ भन्ने देखाउँछ। मंगलबारको प्रदर्शनका क्रममा सिंहदरबार र संसद् भवनलगायत शीर्ष नेताका घरहरूमा आगजनी भएको छ।

यसका साथै, विभिन्न राजनीतिक दलका कार्यालय र प्रहरी प्रभागहरूमा समेत तोडफोड र आगजनीका घटनाहरू निरन्तर भइरहेका छन्। देशको शान्ति सुरक्षाको अवस्था पूर्ण रूपमा खलबलिएको र नियन्त्रणबाहिर गइरहेको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै