वीरगन्ज । वीरगन्जमा कर्फ्यु जारी भएको छ ।
सोमबार राती ९ बजेदेखि महानगर एरियाका ४ स्थान तोकेर कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीका अनुसार कर्फ्यु सोमबार राती ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो ।
पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया रोड, उत्तर गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको उनी बताउॅंछन् ।
कर्फ्यु अवधिभर यस एरियामा आवतजावतसहित कुनै प्रकारका भेला, गोष्ठी, सभा, जुलुस तथा प्रदर्शन लगायतका कार्यक्रमहरु गर्न पाइनेछैन ।
सोमबार वीरगन्जसहित देशैभर जेनजीले प्रदर्शन गरेका छन् । जस क्रममा हालसम्म २० जनाको मृत्यु भइसकेको छ । भने देशैभर संयौ संख्यामा प्रदर्शनकारी घाइते भएका छन् ।