ट्रेन्डिङ

नेपाल भ्रष्ट मुलुक हो, दर्ता हुन आउँदैनै : एक्स

वीरगन्ज । नेपालमा दर्ता प्रक्रियामा आउन सरकारले गरेको आग्रहलाई सामाजिक सञ्जाल एक्स (ट्विटर)ले ठाडै अस्वीकार गरेको छ।

उसले नेपाललाई भ्रष्टाचार हुने देशको सूचीमा राखेको र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नभएको भन्दै दर्ता हुन नआउने अडान लिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार, नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि एक्सले यो कडा जवाफ पठाएको हो। मन्त्रालयलाई लिखित रूपमै पठाइएको जवाफमा एक्सले भनेको छ, ‘नेपाल भ्रष्टाचार हुने मुलुकहरूमध्ये निकै अघिको सूचीमा पर्छ, त्यस्तो भ्रष्ट मुलुकहरूमा कार्यालय दर्ता गर्ने हाम्रो नीति रहेको छैन।’

एक्सले नेपालमा भ्रष्टाचार अन्त्य नभएसम्म र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित नभएसम्म दर्ता गर्न नआउने स्पष्ट पारेको छ। यो जवाफले सरकारको सामाजिक सञ्जाल नियमन गर्ने प्रयासमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। मन्त्रालयले विगत १५ महिनादेखि फेसबुक र एक्सलगायतका प्लेटफर्महरूलाई दर्ताका लागि आग्रह गरिरहेको थियो।

यसैबीच, मन्त्रालय स्रोतले फेसबुकले पनि मौखिक रूपमा यस्तै प्रकारका चिन्ताहरू व्यक्त गर्दै आएको बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै