वीरगन्ज । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्धविरुद्धको जेनजी प्रदर्शन हिंसात्मक बनेको छ।
प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।
नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका एक पुरुषको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन।
यस घटनामा ७० देखि ८० जना प्रदर्शनकारी घाइते भएको र उनीहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ। शान्तिपूर्ण रूपमा सुरु भएको युवा प्रदर्शनले यो दुखद र हिंसात्मक मोड लिएपछि राजधानीको अवस्था थप तनावपूर्ण बनेको छ। यो घटनाले आन्दोलनको स्वरूप र सरकारको दमनकारी कदममाथि गम्भीर प्रश्नहरू खडा गरेको छ।