ट्रेन्डिङ

जेनजीको आन्दोलन पुग्यो संसद भवनको गेटमा, झडपको अवस्था

 

वीरगन्ज । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा आज देशभरका युवाहरूले प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन संसद भवन नयाँबानेश्वरतर्फ अघि बढेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

यो आन्दोलनमा कुनै पनि राजनीतिक दलको झण्डा वा नेताको नेतृत्व छैन। युवाहरू राष्ट्रिय झण्डा र ‘हामी सबै नेता हौं’ जस्ता नारा लेखिएका प्लेकार्डसहित सडकमा उत्रिएका छन्। उनीहरूले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार बताएका छन्।

प्रदर्शनकारीहरूले विभिन्न गीतहरू गाउँदै भ्रष्टाचार र असमानताको विरुद्धमा आवाज उठाएका छन्। झापाबाट आएकी एक सहभागी तनुजा पाण्डेले ‘केही मुट्ठीभर मानिस धनी भइरहेको र गरिबले दुःख पाइरहेको’ भन्दै आफ्नो आक्रोश पोखेकी छिन्। अर्की सहभागी रक्षा बमले ‘अब युवाले नेतृत्व लिने बेला आएको’ बताएकी छिन्।

काठमाडौं बाहेक, पोखरा, विराटनगर र अन्य प्रमुख सहरहरूमा पनि युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। यो आन्दोलनलाई नेपालमा देखिएको ुनेतृत्वविहीन आन्दोलनु को रूपमा हेरिएको छ। सामाजिक सञ्जालबाट सुरु भएको यो आक्रोशले सडकमा कस्तो प्रभाव पार्छ भन्ने कुरा हेर्न बाँकी नै छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै