ट्रेन्डिङ

चन्द्रकुवेर खापुङले लगाए आईजीपीको फुली

वीरगन्ज । नेपाल प्रहरीको सर्वोच्च पदमा नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह लगाएका छन्।

गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई आईजीपीको फुली लगाइदिएका हुन्।

तत्कालीन आईजीपी दिपक थापाले भदौ १७ गते मध्यरातबाट अवकाश पाएपछि रिक्त रहेको प्रहरीको नेतृत्व खापुङले सम्हालेका हुन्। भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै